चैत १५ गतेदेखि हुने एसईई परीक्षाको तालिका सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ । माघ ८, यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ ।

एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ ।

१६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ ।यसवर्षको एसईई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् ।

 

प्रकाशित : 22 January, 2024

प्रतिक्रिया दिनुहोस्