राष्ट्रिय सभा निर्वाचनमा एमाले र राप्रपाले कोशीमा तालमेल गर्ने

काठमाडौँ । माघ ८, राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले तालमेल गरेका छन् ।
सोमबारको छलफलपछि दुई दल तालमेल गर्न सहमत भएका हुन् । उनले सहमतिको लिखित रुप भने केही समयपछि सार्वजनिक गर्ने बताए ।
राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाका अनुसार एमालेका मतदाताले राप्रपाको अन्य तर्फका उम्मेदवार उद्धव पौडेललाई र राप्रपाका मतदाताले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्नेछन् ।