कोशीका मुख्यमन्त्री कार्कीले १०० दिने उपलब्धि सार्वजनिक गरे

सहयात्रा टिभी

काठमाडौँ । माघ ८, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

सोमबार कार्कीले सर्वसम्मत रुपमा सभामुख चयन, शैलेजा आचार्य ह्दयरोग उपचार केन्द्रको सञ्चालन लगायत विषय समेटेर १०० दिने उपलब्धि सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको उपलब्धिमा राप्रपा सांसद अम्बरबहादुर विष्टलाई सर्वसम्मत रुपमा सभामुख निर्वाचित गराएर प्रदेशसभामा सबैको भावना समेट्न नेतृत्व गरेको उल्लेख छ ।

पहिचान पक्षधरसँग वार्ताका लागि वार्ता समिति गठन, १०० बेडको जलन अस्पताल स्थापनाका लागि सम्झौता, प्रादेशिकसँगै चार वटा निजी अस्पतालमा १० वर्षमुनिका बालबालिकाको निशुल्क उपचार उनले १०० दिने उपलब्धिको सूचीमा राखेका छन् ।

प्रदेशको अधिकारका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको, तीनवटा विद्युतीय चार्जिङ स्टेसन निर्माण, रोजगार प्रवर्द्धनका लागि वेबसाइट सञ्चालन मुख्यमन्त्रीले आफ्नो उपलब्धिमा समावेश गरेका छन् ।

 

 

प्रकाशित : 22 January, 2024

प्रतिक्रिया दिनुहोस्