पिएमकप राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमको पहिलो हार

सहयात्रा टिभी

काठमाडौँ । माघ ८, युवा ब्याटर नरेन भट्टको शतकको बाबजुद सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता २०२४ मा पहिलो हार ब्यहोरेको छ । सुदूर मधेश प्रदेशसँग ८० रनले पराजित हुन पुगेको हो ।

जितको लागि ३२० रनको विशाल विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४.५ ओभरमा २३९ रनमा अल आउट भयो ।

सुदूरका नरेन भट्टले १२२ बलमा १३ चौका र १ छक्कासहित १२१ रनको शतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् ।

उनी सुदूरबाट पिएमकपमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । नरेन स्पिनर प्रदीप पासवानको ४५ औं ओभरको दोस्रो बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा स्टेटमा पवन सरार्फबाट क्याच हुन पुगेका थिए ।

नरेनले गत जुलाईमा एसीसी यू–१६ इस्ट जोन कपको फाइनल खेलमा मलेसियाविरुद्ध ११२ रनको शानदार अविजित शतकीय इनिङ खेलेका थिए ।

नरेन बाहेक अन्य कुनै पनि सुदूरका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर खडक बोहरा १४, टेक रावत शून्य, किरण ठगुन्ना २०, राजु रिजाल ५, नारायण जोशी २६, गजेन्द्र बोहरा १२, मिलन बोहोरा ७, शेर मल्ल २, नरेन साउद १८ रनमा आउट भए ।

 

प्रकाशित : 22 January, 2024

प्रतिक्रिया दिनुहोस्