सहिद सप्ताह सुरु, पहिलो दिन शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण (तस्वीरहरू)

काठमाडौं । माघ १०, विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिएका सहिदहरुको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ ।
माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै आजदेखि उनको टेकुस्थित सालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह सुरु गरिएको हो ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उनको सालिकमा माला र पुष्पगुच्छा अर्पण गरेरे सप्ताहको सुरु गरिन् । तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।
यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए ।
सात दिन सहिद सप्ताह मनाएपछि माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।
तस्वीर : काठमाडौं महानगरपालिका