तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किदा एक को मृत्यु

सहयात्रा टिभी

तनहुँ । माघ १५, पृथ्वी राजमार्गमा अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आइतबार राति ८:५० बजे भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी-३ का २६ वर्षीय सफल राना मगर रहेको प्रहरीले जनाएको छ ।

आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको ग १ क ५०१२ नम्बरको मिनी ट्रक र सोही दिशामा आउँदै गरेको प्र.३-०२-००९प ८५३० नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए । उनका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मगरको आँबुखैरेनी अस्पतालमा उपचार गरी थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा राति १२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।मिनी ट्रक र चालक इलाका प्रहरी कार्यालय आँबुखैरेनीले नियन्त्रणमा लिइ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : 29 January, 2024

प्रतिक्रिया दिनुहोस्