सोउ सिच्याङ अवैध रूपमा नेपाल बसेको पुष्टि भएसँगै डिपोर्ट

सहयात्रा टिभी

काठमाडौं । माघ १८, जाजरकोटमा गएको भूकम्पमा राहत वितरणका क्रममा हातपात भएकी चिनियाँ संस्थाकी मुख्य निर्देशक सोउ सिच्याङ अवैध रूपमा नेपाल बसेको पुष्टि भएसँगै डिपोर्ट भएकी छन् ।

चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ भिसाको म्याद थप नगरी नेपालमा रहेको पाइएपछि अध्यागमन ऐनअनुसार १५ हजार रुपैयाँ जरिवाना तोकेर उनी डिपोर्ट गरिएकी हुन् ।

अध्यागमन विभागले सोउ भिसा अवधिभन्दा बढी नेपालमा बसेको पाइएको भन्दै गत २८ मंसिरमा गृहमन्त्रालयलाई पत्र पठाएको थियो । विभागले कानुनअनुसार उक्त भिसा वर्षमा नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्नका लागि गृहमन्त्रालयलाई अनुरोध गरेको थियो ।

विभागको पत्रअनुसार गृह मन्त्रालयले निष्काशन गर्ने निर्णय गरेको थियो । मन्त्रालयले २ पुसमा चिनियाँ नागरिक सोउ भिसा नियमित नगरी ओभरस्टे भएको पाइएको भन्दै निष्कासन गर्ने निर्णय गरि पठाएको हो ।

जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई राहत सामग्री लिएर पुगेका बेला सोउमाथि २० मंसिरमा हातपात भएको थियो ।

 

प्रकाशित : 1 February, 2024

प्रतिक्रिया दिनुहोस्