राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नुपर्ने माओवादी केन्द्रको निष्कर्ष

सहयात्रा टिभी

काठमाडौँ । माघ २३, नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने भएको छ ।

 

सोमबार र मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादीका मुख्य सचेतक हितराज पाण्डेका अनुसार संसदीय दलको बैठकमा सोमबार १६ जना र मंगलबार ८ जना सांसदले धारणा राखेका थिए ।

अधिकांशले राष्ट्रिय सभाको अध्यक्षमा पार्टीले उम्मेदवार खडा गर्नुपर्ने बताएका छन् ।

बैठकमा सांसदहरुले माओवादी राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल भएको भन्दै आलोपालो प्रधानमन्त्री गरेमा माओवादी केन्द्रको उपस्थिति संवैधानिक परिषदमा नरहने विषय स्मरण गरेका छन् ।

साथै, राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादीको उम्मेदवार पराजित हुन पुगेको र त्यसमा कांग्रेसभित्रको अन्तरविरोध कारण रहेको उल्लेख गर्दै यस घटनाका आधारमा पनि माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

 

 

प्रकाशित : 6 February, 2024

प्रतिक्रिया दिनुहोस्