जहाज भाडामा लिन निगमद्धारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

सहयात्रा टिभी

काठमाडौं । माघ २४,  नेपाल वायु सेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिनका लागि आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

अहिले निगमसँग रहेका दुई वटा वाइडबडी जहाज जापान, सिड्नी र दक्षिण कोरिया उडानमा प्रयोग भएका छन् । अन्य गन्तव्यको उडान चाप अहिले भइरहेका न्यारोबडी जहाजले धान्न नसक्ने भएकाले जहाज भाडामा लिन लागेको निगमको भनाइ छ ।

भाडामा ल्याउने जहाजले दिल्ली, दुबई, दोहा, मलेसियालगायतका गन्तव्यको उडान चाप व्यवस्थापन गर्न सकिने निगमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

जहाज थप भएसँगै निगमको आय बढ्ने र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत अन्य गन्तव्यमा उडान भर्ने निगमको योजना छ ।

नेपाल सरकारबाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरूले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव दिएकाले जहाज भाडामा लिन लागिएको निगमको भनाइ छ ।

 

प्रकाशित : 7 February, 2024

प्रतिक्रिया दिनुहोस्