भ्रष्टाचारविरुद्ध जनताले नै सशक्त आवाज उठाउनुपर्ने छ : प्रभु साह

काठमाडौं । माघ २४, आम जनता पार्टी (आजपा) का प्रभु साहले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘देशको आर्थिक अवस्था जर्जर बन्दै गएको छ । आर्थिक अवस्था भयावह छ । देश आर्थिक असफलताको तगारोमा उभिइरहेको छ ।’
मुलुकमा जसले पनि भ्रष्टाचार गर्ने अवस्था देखिएको भन्दै साहले जहाँ जसले पायो उसले लुट्ने जस्तो स्थिति देखिएको बताए । ‘जति जसको पहुँच छ उसबाट त्यति नै भ्रष्टाचार र लुट चलिरहेको छ’, साहले भने ।
सम्पत्ति लुट्नेहरुले पनि स्याबासी पाइरहेको भन्दै उनले भ्रष्टाचारविरुद्ध जनताले नै सशक्त रुपमा आवाज उठाउनुपर्ने बताए । जिम्मेवारीमा रहेकाहरुबाटै भ्रष्टाचार हुने गरेको उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको सर्वेक्षणले ६ महिनामा ७ खर्ब रेमिट्यान्स आएको देखाएको भन्दै उनले धेरै रेमिट्यान्स आउँदैमा खुशी हुनु नपर्ने बताए ।
बैंकले मनोमानी ब्याज लिने गरेको उल्लेख गर्दै सांसद साहले लघुवित्तको विषयमा पनि प्रश्न उठाए । ‘१० करोडबाट सुरु गरेको लघु वित्त पाँच वर्षमा खर्बौंमा पुग्छ । यो कसरी हुन्छ रु’ उनको प्रश्न थियो ।