आज मौसमको अवस्था कस्तो छ ?

सहयात्रा टिभी

काठमाडौँ । माघ २५, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।

तराई–मधेशका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर ४७ मिनेट र सूर्यास्त साँझ ५ बजेर ४९ मिनेटमा हुनेछ ।

 

प्रकाशित : 8 February, 2024

प्रतिक्रिया दिनुहोस्