एमाले रौतहट अधिवेशन आजदेखी, अध्यक्ष ओलीले उद्घाटन गर्ने

सहयात्रा टिभी

रौतहट । माघ २५, नेकपा एमाले रौतहटको १०औँ अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भोलिसम्म चल्ने अधिवेशनले जिल्ला कार्यसमितिमा नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अध्यक्षका लागि चारजनाले आकांक्षा देखाएका छन् । अध्यक्षका लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको छ ।

 

प्रकाशित : 8 February, 2024

प्रतिक्रिया दिनुहोस्