कृष्णबहादुर महरा सुन समितिलाई बयान दिन सिंहदरबार पुगे

सहयात्रा टिभी

काठमाडौं । माघ २५, पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएको छ ।

समितिले बोलाएपछि अहिले उनी समितिको कार्यालयमा पुगेर बयान दिइरहेको उच्च स्रोतले बतायो ।

विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएको थियो । यही प्रकरणका उनका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो ।

महरालाई भने बयान कागज गराएर छाडिएको थियो । त्यसबेला सीआईबीसँग उनले ती चिनियाँ नागरिकसँग फलफूल व्यवसायीका रुपमा मात्र चिनजान भएको बताएका थिए ।

 

प्रकाशित : 8 February, 2024

प्रतिक्रिया दिनुहोस्