राष्ट्रपति पौडेलद्धारा क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त

सहयात्रा टिभी

काठमाडौं । माघ २६, राष्ट्रपति रामचन्द्र पौडेलद्धारा क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि सनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार यसअघि नै उनीहरूको संसदीय सुनुवाइको प्रक्रिया पूरा भइसकेको थियो । क्यानडाका लागि नियुक्त भएका राजदूत पौड्याल निवर्तमान परराष्ट्र सचिव हुन् ।

 

 

 

प्रकाशित : 9 February, 2024

प्रतिक्रिया दिनुहोस्