शिक्षा र सार्वजनिक लेखा समितिको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । माघ २९, संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दैछन् । जसमा प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा त्रिविको उपकुलपति नियुक्तिका विषयमा भइरहेको काम र सार्वजनिक रुपमा उठेका प्रश्नहरूको बारेमा छलफल हुने समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए ।

आजको बैठकमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई बोलाएको छ । यस्तै आज सार्वजनिक लेखा समितिको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समाज कल्याण परिषदमा आबद्ध भएका सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले गरेका खर्च, सोको उपलब्धि र सुधारका पक्षहरूका विषयमा छलफलको कार्यक्रम छ ।

प्रकाशित : 12 February, 2024

प्रतिक्रिया दिनुहोस्