उपकुलपति छनोट नियमसंगत भएको शिक्षा राज्यमन्त्रीको दाबी

सहयात्रा टिभी

काठमाडौं । माघ २९, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट नियम संगत भएको बताएकी छिन् ।

उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । उक्त सर्च कमिटीले दरखास्त माग गर्दा ४३ जनाले आवेदन दिएकामा त्यसबाट १४ जनाको सर्टलिस्ट सार्वजनिक गरिएको छ ।

सर्टलिस्टमा परेका १४ जनामध्ये केही व्यक्तिको नाममा प्रश्न उठेपछि संसदको शिक्षा समितिले सोमबार शिक्षामन्त्री राईलाई बोलाएको थियो । तर समितिमा शिक्षामन्त्रीको सट्टा शिक्षा राज्यमन्त्री प्रमिला कुमारी उपस्थित भएकी थिइन् ।

उनले कसैका विरुद्ध सिफारिस समितिमा उजुरी नपरेको बताइन् । पूर्वउपकुलपति तीर्थ खनियाँलाई बौद्धिक चोरीको आरोप लागेको छ तर उनी सर्ट लिस्टमा परेका छन् ।

 

प्रकाशित : 12 February, 2024

प्रतिक्रिया दिनुहोस्