अमेरिकामा गोली चल्दा १ जनाको मृत्यु २१ जना घाइते
सहयात्रा टिभी
एजेन्सि । फागुन ३, अमेरिकाको मिसौरीस्थित केनसस सिटीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
बीबीसीका अनुसार केनसस सिटीमा चिफ्स बाउल विजय परेडको अन्त्यतिर युनियन स्टेसन नजिक गोली चलेको थियो । गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।