आजको फलफूल तथा तरकारीको मूल्यसूची

सहयात्रा टिभी

काठमाडौँ । फागुन ३, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी १०० रुपैयाँ, कालो अंगुर २००, केरा दर्जनको १२०, अनार २३०, किबी ३००, एभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसैगरी नेपाली ठूलो गोलभेडा ६०, भारतीय सानो गोलभेडा २५, अदुवा २२०, रातो आलु र रातो भारतीय आलु २८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली २८, लौका ४०, कागती २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

समितिले लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ तोकेको छ । यस्तै, लोकल बन्दा ३०, लोकल सेतो र रातो मूला १० रुपैयाँ, लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी ९०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यस्तै, गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६५, हरियो प्याज १०० र पुदिना ४५० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन ११० रुपैयाँमा कारोबारको अनुमति दिएको छ ।

प्रकाशित : 15 February, 2024

प्रतिक्रिया दिनुहोस्