लगातार चौथो दिन आज पनि नेप्से ओरालो लाग्यो
सहयात्रा टिभी
काठमाडौं । फागुन १०, शेयर बजार नेप्से आज लगातार चौथो दिन पनि ओरालो लागेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४६ अङ्कले घटेर दुई हजार २६ दशमलव ५९ विन्दुमा झरेको छ । आज उत्पादनबाहेक अरु सबै समूहको शेयर ओरालो लागेको छ ।
आज ६३ लाख ४१ लाख कित्ता शेयर दुई अर्ब २४ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ११ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।