नेपाल र बंगलादेशबीच विद्युत् शुल्कबारे सम्झौताको तयारी

सहयात्रा टिभी

काठमाडौं । फागुन १०, नेपालबाट बंगलादेशमा निर्यात हुने विद्युत् खरिद बिक्री र शुल्कको विषयमा आज सम्झौताको तयारी भएको छ ।

सम्झौताको लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली हिजै बंगलादेश गइसकेको छ । आज बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफलपछि विद्युत् खरिद–बिक्रीदर तय हुनेछ ।

बंगलादेशले गएको माघमा ४० मेगावाट विद्युत् नेपालसँग किन्नका लागि प्रस्ताव माग गरेको थियो । प्रस्तावमा पठाएका विषय आज टुंगो लाग्ने छ ।

आउँदो बर्खादेखि नै बंगलादेशमा विद्युत् निर्यात गर्ने तयारी अनुसार नेपाल र बंगलादेशले सम्झौता गर्न लागेका प्राधिकरणले जनाएको छ ।

पहिलो चरणमा त्रिशुली जलविद्युत् र तल्लो मोदीबाट उत्पादित बिजुली बंगलादेशमा पठाउने तयारी छ ।

भारतले आफ्नो क्षेत्र र प्रसारणलाइन हुँदै बंगलादेशमा बिजुली निर्यात गर्न सहमति दिएको छ । भारतीय प्रसारणलाइनको शुल्क अर्थात ह्विलिङ चार्ज नेपाल र बंगलादेश दुवै देशले आपसी समझदारीमा भारतलाई तिर्नेछन् ।

प्रकाशित : 22 February, 2024

प्रतिक्रिया दिनुहोस्