काभ्रेमा छोराले आत्महत्या गरेपछि आमाको पनि मृत्यु

सहयात्रा टिभी

काभ्रे । फागुन ११, काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका-१२ मा छोराले आत्महत्या गरेको केही समयमा आमाको पनि मृत्यु भएको छ ।

३७ वर्षीय नुजराज मग्राती मगरले बुधबार बिहान ४ बजे झुन्डिएर आत्महत्या गरेका हुन् । उनले आत्महत्या गरेको केही समयमा उनकी आमा इन्द्रमाया राना मगरको निधन भएको स्थानीय पत्रकार प्रकाश थापा पुलामी मगरले जानकारी दिए ।

जेठो छोरो नुजराज मानसिक रोगीसमेत रहेका थिए । आमा इन्द्रमाया दीर्घ रोगी थिइन् । आत्महत्या गरेका नुजराजको शव भने पोस्टमार्टमका लागि काठमाडौं लगिएको छ ।

 

प्रकाशित : 23 February, 2024

प्रतिक्रिया दिनुहोस्