प्रधानमन्त्रीले दिएका निर्देशनहरुको प्रगति विवरण अलपत्र

सहयात्रा टिभी

काठमाडौं । फागुन १७,  प्रधानमन्त्रीले दिएका निर्देशनहरु अलपत्र परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कार्यान्वयनको अवस्थाबारे अनुगमन थालेका छन् ।

मन्त्रालयहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका निर्देशनहरु पालना र कार्यान्वयन भए/नभएकोबारे जानकारी दिन आलटाल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले फलोअप गर्दा समेत निर्देशन कार्यान्वयनबारेको विवरण दिन अधिकांश मन्त्रालयहरुले अलमल गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार अहिलेसम्म खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मात्रै प्रधानमन्त्री कार्यालयमा निर्देशन कार्यान्वयनको अवस्थाबारे कार्यालयमा रिपोर्ट पठाएका छन् ।

मन्त्रालयहरुले निर्देशन लत्याएर मनपरी ढंगले काम गरिरहेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री कार्यालयले निर्देशनको अवस्थाबारे १५–१५ दिनमा रिपोर्टिङ गर्न भन्दै ताकेता गरिरहेपनि अधिकांश मन्त्रालयले रिपोर्ट नपाएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरु बताउँछन् ।

प्रधानमन्त्री प्रचण्डले १० पुसमा सरकारको एक वर्षको समीक्षा अघि र पछि सबैजसो मन्त्रालयका मन्त्री, सचिव र विभिन्न निकायका अधिकारीहरुसँग ब्रिफिङ लिँदै निर्देशनहरु दिएका थिए ।

 

प्रकाशित : 29 February, 2024

प्रतिक्रिया दिनुहोस्