अमेरिकी राष्ट्रपतिको प्रारम्भिक चुनावमा निक्की हेलीको जित

सहयात्रा टिभी

काठमाडौं । फागुन २१,  एजेन्सी – अमेरिकाको राष्ट्रपति पदको उम्मेदवारका लागि भएको प्रारम्भिक चुनावमा निक्की हेलीले पहिलो पटक जित्नुभएको छ ।

रिपब्लिकन पार्टीबाटै राष्ट्रपति चुनावको उमेद्वार बन्नका लागि कोलम्बियामा भएको चुवानमा हेलीले जित्नुभएको बीबीसीले जनाएको छ ।

यसअघि भएका चुनावमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जित्दै आउनुभएको थियो । हेलीको विजयी सुरुवातले ट्रम्पको जितको सिलसिला रोकिदिएको छ ।

हेलीले आउँदो राष्ट्रपतिको चुनावमा मतदाताले आफ्नै पार्टीका ट्रम्पको विकल्प खोज्नुपर्ने बताउँदै आउनुभएको खबरमा उल्लेख छ । तर अहिलेसम्मको चुनावी अभियानमा ट्रम्प अगाडि हुनुहुन्छ । अमेरिकामा राष्ट्रपतिको चुनाव आउँदो नोभेम्बरमा हुनेछ ।

 

प्रकाशित : 4 March, 2024

प्रतिक्रिया दिनुहोस्