मन्त्रालयको भागबन्डा टुंगो लगाउन नयाँ गठबन्धनको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । फागुन २२, सत्ता गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा मन्त्रालय बाँडफाँट टुंगो लगाउने बारेमा निर्णय गर्ने बताइएको छ ।

मन्त्रीहरुको बाँडफाँडका लागि एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटिएका छन् ।

यसअघि सोमवार बिना विभागीय मन्त्रीको रुपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्रीको शपथग्रहण गरिसकेका छन् ।

प्रकाशित : 5 March, 2024

प्रतिक्रिया दिनुहोस्