माओवादी केन्द्रबाट ३ जना मन्त्रीले निरन्तरता पाउने

सहयात्रा टिभी

काठमाडौं । फागुन २३, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्रीले निरन्तरता पाउने भएका छन् ।

कांग्रेस माओवादी गठबन्धनमा मन्त्री रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु शक्तिबहादुर बस्नेत र रेखा शर्माले मन्त्रीमा निरन्तरता पाउने माओवादी केन्द्र स्रोतले जनाएको छ ।

श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनेछन् भने अर्थमन्त्री वर्षमान पुन हुनेछन् । शक्तिबहादुर बस्नेत र रेखा शर्माको मन्त्रालय टुंगिएको छैन ।

माओवादी केन्द्रबाटै हितबहादुर तामाङले मन्त्री पदको शपथ लिइसके पनि मन्त्रालय टुंगिएको छैन ।

 

 

प्रकाशित : 6 March, 2024

प्रतिक्रिया दिनुहोस्