केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाण्डौ महानगरभित्र एक सय १० कुष्ठरोगका बिरामी भेटिए

सहयात्रा टिभी

काठमाडौं । फागुन २५, काठमाण्डौ महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी भेटिएका छन् ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०७९/८० मा महानगरभित्र मात्रै एक सय १० कुष्ठरोगका बिरामी भेटिएका हुन् ।

महानगरभित्र कुष्ठरोगका बिरामी फेला परेपछि गैरसरकारी संस्था एनएलआर नेपालले महानगर र स्वास्थ्य सेवा विभागअन्तर्गत शाखाको सहकार्यमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेवकलाई ‘कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता समावेशी सम्बन्धी’ क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

संस्थाले बिहीवार काठमाण्डौ महानगरपालिका–२६ मा कार्यक्रम सञ्चालन गरेको थियो । ‘कुष्ठरोग आँखाले देख्न नसकिने ुमाइकोब्याक्टेरियम लेप्रेु नामक सुक्ष्म कीटाणुबाट लाग्ने, ज्यादै कम सर्ने रोग हो । उपचार नगरेका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासका माध्यमबाट यो रोग सर्ने गरेको छ ।

एनएलआरले अहिलेसम्म काठमाण्डौ महानगरपालिका वडा नम्बर–१०, ११, २६, २९ र ३१ का जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई यससम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिसकेको छ ।

एनएलआरले पहिलो चरणमा काठमाण्डौका विभिन्न १० वडाका तीन सयभन्दा बढी जनप्रतिनिधि, स्वास्थ्य कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिने जनाएको छ ।

 

प्रकाशित : 8 March, 2024

प्रतिक्रिया दिनुहोस्