‘काँडेतार’को प्रदर्शन बन्द गर्ने घोषणा
सहयात्रा टिभी
काठमाडौं । फागुन २६, नेपाली चलचित्र काँडेतार टिमले भोलि (आइतबार)देखि देशभर प्रदर्शन बन्द गर्ने निर्णय गरेको छ ।
फिल्मका निर्माता तथा निर्देशक नवल खड्काले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हल सन्चालकबाट काँडेतार फिल्म प्रदर्शनमा असहयोग भएको भन्दै देशभर प्रदर्शन बन्द गर्ने घोषणा गरेका हुन् ।
देशभक्तिपूर्ण भावनाको फिल्म काँडेतार गत शुक्रबारदेखि प्रदर्शनमा आएको थियो ।
त्यसअघि खड्काले आफू निर्देशित फिल्म ‘काँडेतार’लाई फागुन २५ गते एकल प्रदर्शन गर्न दिन भन्दै चलचित्र विकास बोर्डमा निवेदन दिएका थिए । तर सोही मितिमा ‘काँडेतार’सहित ‘उपहार’ र ‘रंगेली’ पनि रिलिज भएका थिए ।