माओवादी पदाधिकारी बैठक बस्दै, राष्ट्रियसभा अध्यक्ष उम्मेदवार टुंग्याउने तयारी

काठमाडाै । फागुन २७, सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ । आज साँझ ५ बजे बस्ने गरी पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।
आजको बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार टुंगो लगाउने तयारी छ । राष्ट्रियसभा अध्यक्षमा हालकी उपाध्यक्ष उर्मिला अर्याल, झक्कु सुवेदी र नारायण दाहाल आकांक्षी रहेका छन् । एमालेसँग नयाँ सत्ता गठबन्धन बनाएपछि राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले पाउने सहमति भएको छ । उता गठबन्धनबाट बाहिरिएको नेपाली कांग्रेसले भने राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।