केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु

सहयात्रा टिभी

काठमाडा‌ै । फागुन २७,  पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ ।

 

मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए ।

त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिए । डा. ज्ञवालीका अनुसार उनलाई एक प्रकारको कार्डियाक एरेस्ट भएको थियो ।

थापा विहान १० बजे नै अस्पतालमा उपचारका लागि पुगेका थिए । तर लगातार दुई दिन सार्वजनिक बिदापछि अस्पताल खुलेकाले बहिरंग सेवाको टिकट काट्नेहरुको लामो लाइन थियो ।

 

प्रकाशित : 10 March, 2024

प्रतिक्रिया दिनुहोस्