राष्ट्रिय सभा अध्यक्षका लागि आज मनोनयन दर्ता

सहयात्रा टिभी

काठमाडौं । फागुन २८,राष्ट्रिय सभाको अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ ।

संघीय संसदले निकालेको निर्वाचन कार्यक्रमअनुसार अध्यक्षमा दाबी गर्ने उम्मेदवारको मनोनयन दर्ता गरिने तालिका रहेको छ ।

उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्याइएको संघीय संसद् सचिवालयले जनाएको छ। सोमबार दिउँसो नै साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष पाउने समझदारी भएको थियो। गत सोमबार उनीहरूले आठ बुँदे समझदारी गरेका थिए। सोही अनुसार माओवादी केन्द्र नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को मनोनितको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका उनको कार्यकाल चार वर्ष बाँकी छ।

नेपाली कांग्रेसले भने बाँकेका युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी २०७८ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए।

अध्यक्षका लागि मंगलबार बिहान निर्वाचन हुँदैछ ।

प्रकाशित : 11 March, 2024

प्रतिक्रिया दिनुहोस्