केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२०२४ को अस्कार अवार्डमा ‘ओपेनहाइमर’ ले जित्याे सात अवार्ड

सहयात्रा टिभी

एजेन्सी । फागुन २८, ओपेनहाइमर फिल्मले २०२४ को एकेडेमी अवार्ड (अस्कार अवार्ड) मा धमाका मच्चाएको छ। यो चलचित्रले सात विधामा अस्कार जितेकाे हाे।

ओपेनहाइमरलाई उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ निर्देशक (क्रिस्टोफर नोलन), सर्वश्रेष्ठ अभिनेता (किलियन मर्फी), सर्वश्रेष्ठ सहायक अभिनेता (रोबर्ट डाउनी जुनियर), सर्वश्रेष्ठ छायांकन (होयटे भान होयटेमा), सर्वश्रेष्ठ चलचित्र सम्पादन (जेनिफर लेम), र सर्वश्रेष्ठ मौलिक संगीत(लुडविग गोरान्सन) काे अवार्ड मिल्याे।

क्रिस्टोफर नोलनद्वारा निर्देशित यो चलचित्रले यस वर्षको ओस्कार अवार्डमा कुल १३ विधामा मनोनित भएकाे थियाे। तर बाँकी ६ विधामा भने अन्य चलचित्रले अवार्ड हासिल गरे। क्रिस्टोफर नोलनलाई उत्कृष्ट निर्देशकको अवार्ड अर्का ख्यातिप्राप्त निर्देशक स्टिभन स्पिलबर्गले दिए।

यस अवसरमा नोलनले आफ्नी पत्नी र यस फिल्मको सह-निर्माता एम्मा थोमसलाई धन्यवाद दिए। उनले आफ्नी श्रीमतीलाई ‘सबै फिल्म र आफ्ना सबै बच्चाहरूको निर्माता’ भनेर सम्बोधन गरे। उनले आफ्नो पतिलाई ‘अद्वितीय र अद्भूत’ काे संज्ञा दिए।

प्रकाशित : 11 March, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्