केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कतार एयरवेजले एआई एयर होस्टेज प्रयोग गरेर कीर्तिमान कायम

सहयात्रा टिभी

काठमाडौं । फगुन २८, आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग तमाम क्षेत्रहरुमा तिव्र रुपमा बढिरहेको छ।

यसको प्रयोग सिर्जनात्मक क्षेत्रमा पनि तिव्र रुपमा भैरहेको छ । कतार एयरवेजले एउटा यस्तै प्रयोग गरेर कीर्तिमान कायम गरेको छ ।

कतारको सरकारी वायुसेवा कम्पनी कतार एयरवेजले विश्वकै पहिलो एआई एयरहोस्टेजलाई नियुक्त गरेको छ । एआईमा आधारित उक्त डिजिटल मानव चालकदलको सदस्यको नाम Sama 2.0 हो । यो दोश्रो पुस्ताको भर्चुअल क्याबिन क्रू हो ।

केही समय पहिले वेब समिट कतार नामक एक शिखर सम्मेलनमा कतार एयरवेजले आर्टिफिसियल इन्टेलिजेन्स एयर होस्टेजको नमूना सार्वजनिक गरेको थियो । अन्ततः बर्लिनमा जारी अन्तराष्ट्रिय पर्यटन मेला (आइटिबी बर्लिन २०२४) का क्रममा कम्पनीले उक्त एआई एयर होस्टेज सार्वजनिक गरेको हो ।

अरबी भाषामा सामाको अर्थ आकाश भन्ने हुन्छ । बर्लिन पर्यटन मेलामा रहेको कतार एयरवेजको स्टलमा यो एआई एयरहोस्टेज नै मूख्य आकर्षणको केन्द्रको रुपमा रहेको छ।

कतार एयरवेजको उक्त एआई एयरहोस्टेजले वास्तवमा मानव एयरहोस्टेजलाई प्रतिस्थापन गर्ने होइन । बल्कि यसलाई अतिरिक्त सेवाको रुपमा जहाजमा राखिनेछ।

हुनत जहाजका यात्रुको अनुभवलाई उत्कृष्ट बनाउनका लागि कतार एयरवेजले पहिलेदेखि नै विभिन्न एआई प्रविधिको प्रयोग गरिरहेको छ ।

 

प्रकाशित : 11 March, 2024

प्रतिक्रिया दिनुहोस्