राष्ट्रिय सभा अध्यक्षका लागि निर्वाचन प्रक्रिया सुरु

सहयात्रा टिभी

काठमाडौं । फागुन २९, राष्ट्रिय सभाको अध्यक्षका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट नारायण प्रसाद दाहाल र विपक्षी गठबन्धनको तर्फबाट युवराज शर्माको उम्मेदवारी परेको छ ।

सभामा कांग्रेसका आनन्द प्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् ।

नेपाली राजनीतिमा लामो समय संघर्ष गरेको उल्लेख गर्दै उनले राष्ट्रिय सभाको अध्यक्षका लागि योग्य रहेको बताउँदै मत मागेका छन् ।

 

 

प्रकाशित : 12 March, 2024

प्रतिक्रिया दिनुहोस्