काठमाडौंका विपद् व्यवस्थापन विभागले पाँच वर्षे रणनीतिक योजना तर्जुमा

सहयात्रा टिभी

काठमाडौं । चैत १, काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागले पाँच वर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ ।

सहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, विपद्को समयमा गर्नुपर्ने व्यवस्थापनका काम र विपद्पछिको पुनर्स्थापना, पुनर्लाभका लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय योजनामा समेटिने महानगरपालिकाले जनाएको हो ।

आगामी नीति र कार्यक्रम, वडाका आवश्यकताका विषयमा पृष्ठपोषण लिन विभागले बुधबार वडास्तरीय विपद् व्यवस्थापन समिति संयोजकहरूसँग छलफल गरेको थियो ।

विभागका निमित्त प्रमुख गंगाधर गौतमले विपद् व्यवस्थापनको अहिलेको अवस्था विश्लेषण गर्दै रणनीतिक योजना तर्जुमा गर्ने बताएका छन् ।

सामूहिक ज्ञान, सिप र सोच विकासबाट जोखिम घटाउने काम गर्नुपर्ने आवश्यकतालाई रणनीतिक योजनाले पूरा गराउने बताउँदै गौतमले बताए । आगामी वर्ष रणनीतिक योजना कार्यान्वयन थालिने र त्यसैअनुसार कार्यक्रम र बजेट प्रस्ताव गरिने उनको भनाइ छ ।

विपद् व्यवस्थापनमा संघ, प्रदेश र जिल्लास्तरका संयन्त्र, ती संयन्त्रसँग पालिका र वडास्तरीय सम्बन्धबाट प्रभावकारी सेवा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

 

प्रकाशित : 14 March, 2024

प्रतिक्रिया दिनुहोस्