देशभरका सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन

काठमाडौं । चैत १, देशका विभिन्न स्थानबाट भेला भएका सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
उनीहरूले बिहीबार कालिमाटी, गोंगबु नयाँ बसपार्क, शंखपार्क, सिफल चौर र जावलाखेलबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुगेर कोण सभा गरेका हुन् ।
पीडितहरूले ठगी गरेका सहकारीका संचालकहरूलाई कारबाही र बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग राखेका प्लाकार्ड बोकेका छन् ।
भृकुटीमण्डपबाट पीडितहरू सहकारी विभागतर्फ धर्ना दिन अघि बढेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका प्रवक्ता पुरुषोत्तम कार्कीले विभागमा २४ घन्टा नै धर्ना दिने गरी तयारी गरिएको बताए ।
करिब ६०१ सहकारी संस्थाका पीडितहरू न्याय माग्न काठमाडौँमा जम्मा भएको कार्कीले जानकारी दिएका छन् ।