जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

सहयात्रा टिभी

वीरगञ्ज । चैत ४, डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । हिजो वीरगञ्जमा सुरु भएको बैठकमा अध्यक्ष राउतले समसामयिक राजनीतिक विषय तथा प्रतिपक्षमा पुगेपछि पार्टीले खेल्ने भूमिकाका विषयमा ब्रिफिङ गरेका छन् ।

पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार जारी बैठकले पार्टीको आगामी कार्यनीति एवम् योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल गरिरहेको छ । बैठकमा केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिसहित केन्द्रीय सदस्यहरूको सहभागी रहेका छन्।

प्रकाशित : 17 March, 2024

प्रतिक्रिया दिनुहोस्