सुन तस्करीबारे अनुसन्धान गरेर पुरक अभियोग लैजाने तयारी

सहयात्रा टिभी

काठमाडौँ । चैत ४, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करीबारे अनुसन्धान गरेर पुरक अभियोग लैजाने तयारी गरेको छ ।

भेपमार्फत भएको ९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान सुरु गर्ने भएको छ ।

ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीद्धारा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित अयोगले दिएको प्रतिवेदनका आधारमा फेरि अनुसन्धान गरेर पुरक अभियोग लैजाने तयारी गरेको जानकारी प्राप्त भएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र एआईजी ज्ञवालीलाई मन्त्रालयमा बोलाएर प्रतिवेदन कार्यान्वयनमा लैजान निर्देशन दिएका थिए ।

 

 

प्रकाशित : 17 March, 2024

प्रतिक्रिया दिनुहोस्