प्रतिनिधि सभाको शिक्षा समिति सभापतिको निर्वाचन ७ चैतमा हुने

सहयात्रा टिभी

काठमाडौं । चैत ५, प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको निर्वाचन ७ चैतमा हुने भएको छ ।

यसअघि समितिको सभापति रहेका भानुभक्त जोशी २३ फागुनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएका थिए । त्यसपछि रिक्त रहेको समिति सभापतिका लागि ७ चैतमा निर्वाचन हुन लागेको हो ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभापति निर्वाचनको मिति तय भएको जानकारी गराइएको हो । सभापतिको निर्वाचन सम्बन्धी तालिका संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले सार्वजनिक गर्नेछन् ।

 

प्रकाशित : 18 March, 2024

प्रतिक्रिया दिनुहोस्