सरकारद्धारा चूडामणि पौडेललाई विशिष्ट श्रेणीको सचिवमा बढुवा 

सहयात्रा टिभी

काठमाडौँ । चैत ८, चूडामणि पौडेललाई सरकारद्धारा विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषदले २३ भदौमा सहसचिव पौडेललाई सरकारले कर्णालीको कायममुकायम प्रमुख सचिव तोकेको थियो । उनी हालसम्म सोही पदमा कायम छन् ।

अब सचिव बढुवा भएसँगै उनको पदस्थापन पनि कर्णालीमै हुने छ । पौडेल यसअघि २ पटक सचिव बढुवा सिफारिसमा परिसकेका थिए । उनी सिफारिस हुँदा एकपटक दिनेशकुमार घिमिरे र अर्को पटक राधिका अर्याल सचिवमा बढुवा भएकी थिइन् ।

मन्त्रिपरिषद बैठकले ११ चैतमा अवकाश हुन लागेका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । उनको राजीनामा स्वीकृत भएकाले नै नयाँ सचिव नियुक्तिको बाटो खुलेको हो ।

 

 

प्रकाशित : 21 March, 2024

प्रतिक्रिया दिनुहोस्