केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भिजिट भिसामा पठाउने गिरोहलाई राजनीतिक संरक्षण रहेको गृह सचिवको दाबी

सहयात्रा टिभी

काठमाडौं । चैत १४, गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले भिजिट भिसामा महिलाहरुलाई पठाउने गिरोहलाई राजनीतिक संरक्षण रहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहसचिव अर्यालले नेपाली महिलाहरुलाई भिजिट भिसामा श्रमका लागि पठाउने विषय गम्भीर रहेको बताए ।

दलाल र विचौलियालाई राजनीतिक संरक्षण नहुने हो भने यो सहजै अन्त्य हुने उनको दाबी छ । यसका लागि गृह मन्त्रालयले श्रम तथा रोजगार मन्त्रालयसँग छलफल थालिसकेको सचिव अर्यालले बताए ।

 

प्रकाशित : 27 March, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्