केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा. प्रतिभा धौभडेल मृत फेला

सहयात्रा टिभी

धादिङ । चैत १६, धादिङ अस्पतालमा कार्यरत डा. प्रतिभा धौभडेल मृत फेला परेकी छिन् । घर बिदामा रहेकी उनी काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा बिहीबार मृत भेटिएकी हुन् ।

सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौं आएकी थिइन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनको निधन प्रति धादिङ अस्पतालले दु:ख व्यक्त गरेको छ ।

प्रकाशित : 29 March, 2024

प्रतिक्रिया दिनुहोस्