दसैंका बेला काठमाडौंका जुनसुकै ब्रान्डको खाली सिलिन्डर साट्न सक्ने

सहयात्रा टिभी

काठमाडौँ । असोज २२, चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड (कम्पनी) को ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन् ।

यससँगै काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन् । यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ग्यास हुँदाहुँदै कम्पनी फरक परेकै कारण दुस्ख पाउनु नपरोस् भनेर नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता र सुरक्षा निकायको समन्वयमा यो व्यवस्था मिलाउन लागिएको बताइएको छ ।

आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले उपभोक्ताको सहजताका लागि निगमले नै उद्योगीहरूलाई यस्तो व्यवस्था गर्न अनुरोध गरेको बताए ।

विगतमा डिलरहरूले फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताबाट ३ सय रुपैयाँसम्म अतिरिक्त शुल्क लिने गरेको गुनासोप्रति लक्षित गर्दै साहले अब त्यस्तो नहुने बताए ।

‘कुनै पनि पैसा नलिने गरी, यो पूर्ण रूपमा निस्शुल्क व्यवस्था हुँदैछ,’ उनले थपे ।

नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष तथा ग्यास उद्योगी शिवप्रसाद घिमिरेले उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका १५ देखि २० वटा मुख्य स्थानमा संयुक्त बिक्री काउन्टर ९सेल्स काउन्टर० राखेर यो सुविधा दिन लागिएको जानकारी दिए ।

‘हामी आन्तरिक ९उद्योग–उद्योगबीच० सिलिन्डर साटिदिन्छौं, सीमित समयका लागि कोही मान्छे ग्यास नपाएर हात खाली जानु परेन, जुन सिलिन्डर भए पनि ग्यास साट्न पाउनुपर्‍यो,’ उद्योगी घिमिरेले भने, ‘यसका लागि हामीले उद्योगहरूको बीचमा सहमति बनाएका छौं ।’

प्रकाशित : 8 October, 2026

प्रतिक्रिया दिनुहोस्