केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वैशाखमा हुने लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

सहयात्रा टिभी

काठमाडौं । चैत १६, आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेश स्तरीय योजनाहरू पनि ‘शो केस’ मा राखिने भएको छ ।

अर्थमन्त्री एवम् लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए ।

पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन बढी मन्त्री र मुख्यमन्त्रीहरूसँग अन्तर्क्रिया गरे ।

त्यस क्रममा उनले हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनोट गरी लगानी सम्मेलनमा समावेश गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरे ।

त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिक स्तरका आयोजनाहरूको तयारीबारे अन्तर्क्रिया भएको थियो ।

छलफलमा कोशीका मुख्यमन्त्री केदार कार्की, मधेसका सरोज यादव र कर्णालीका राजकुमार शर्माले आफ्ना प्रदेशमा लगानीका लागि सम्भाव्य आयोजनाबारे जानकारी गराए ।

 

प्रकाशित : 29 March, 2024

प्रतिक्रिया दिनुहोस्