अमरेश कुमारद्धारा न्यायाधीशको आचरणबारे संसदीय छानबिन समितिको माग 

सहयात्रा टिभी

काठमाडौं । चैत १८, स्वतन्त्र सांसद अमरेश कुमारसिंहले न्यायाधीशहरुको आचरणबारेमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।

उस्तै प्रकृतिका मुद्दामा सर्वोच्च अदालतबाट फरक-फरक निर्णय आउन थालेको उनले बताए । तर, त्यो फैसला वा निर्णय के हो खुलाएनन् ।

गत शुक्रबार सर्वोच्च अदालतबाट प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा हुन आदेश भएको थियो ।

उक्त आदेशतर्फ संकेत गर्दै सांसद सिंहले भने, ‘वर्षौदेखि रहेका जनताका मुद्दा पेसीमा नचढ्ने ।

न्यायपालिकाको निर्णय प्रक्रिया संविधान र कानुनसम्मत हुनुपर्ने भन्दै उनले थपे, ‘के आधारमा निर्णय गरिरहेका छन रु न्यायाधीशहरुको मोबाइल रेकर्ड मनिटरिङ हुनुपर्छ ।’

उस्तै प्रकृतिमा फरक-फरक फैसला हुन थालेको पनि बताए । ‘सेम प्रकृतिको मुद्दामा फरक-फरक निर्णय आइरहेको छ । सर्वोच्च अदालतको आफैँको नजिर आफैं खण्डन गर्न खोजिरहेको छ’ उनले भने ।

तर, उस्तै प्रकृतिका कुन कुन मुद्दामा फरक-फरक निर्णय भएका हुन भनी केही खुलाएनन् ।

प्रकाशित : 31 March, 2024

प्रतिक्रिया दिनुहोस्