नाउपाका रेशम–रन्जिता पक्षबीच बैठकस्थलमै हात हालाहाल

काठमाडौँ । चैत १९, नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच सोमबार बैठकस्थलमै हात हालाहाल भएको छ ।
अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।
नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक छ ।
तर रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात हालाहालको अवस्था आएको नेता रामलाल डगौरा थारूले बताए ।
सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा रेशम पक्षका नेताहरू सहभागी छन् भने रन्जिता पक्षका नेताहरू त्यसको विपक्षमा रहदै आएका छन् ।