सेयर बजारमा तिब्र गिरावट
सहयात्रा टिभी
काठमाडौँ । चैत १९, सेयर बजारमा आज पनि तिब्र गिरावट चल्दै छ । सोमबार पनि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.२६ अंक घटेर २०१२ मा कायम भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब २० करोडको कारोबार भएकोमा आज २ अर्ब ८७ करोडमा खुम्चियो । ८६ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ८ को स्थिर रह्यो ।
बैंकिङ ४.३, विकास बैंक २.८, फाइनान्स १२.७, हाइड्रोपावर १३.६, जीवन बीमा १५.९, उत्पादन २१.९, माइक्रोफाइनान्स ५.३, निर्जीवन बीमा ४२.२ र अन्य समूह ६ अंक घटे ।
कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट, गोर्खाज फाइनान्स, पिपुल्स पावर र मायाखोला हाइड्रोपावर क्रमशः अगाडि रहे ।