सांसद सोविताद्धारा न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्यको माग

सहयात्रा टिभी

काठमाडौं । चैत २०, सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डाको अन्त्यको माग राखेकी छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले न्यायाधीश नियुक्ति गर्दा राजनीतिक भागबन्डा हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाउँदा समस्या आएको उनले बताइन् । कारागारमा क्षमता भन्दा धेरै कैदीबन्दी राख्ने गरिएको भन्दै यसमा पनि सुधार हुनुपर्नेमा जोड दिएकी छन् ।

 

प्रकाशित : 2 April, 2024

प्रतिक्रिया दिनुहोस्