केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल ए ले टस हारेर आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै

सहयात्रा टिभी

काठमाडौं । चैत २१, नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग टस हारेर पाहिला फिल्डिङ गर्दैछ । आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ ।

सिनियर टोलीसँग दुई टी-२० खेलमा आयरल्यान्ड ए ले दुवै खेलमा हारेको थियो । नेपाल ए सँग तीन टी-२० खेलको सिरिज आयरल्यान्ड ए ले २-१ ले जितेको थियो । नेपाल ए मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । तेस्रो टी-२० खेलमा नेपाल ए लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ए मा छन् ।

प्रकाशित : 3 April, 2024

प्रतिक्रिया दिनुहोस्