जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । चैत २२, समानुपातिक सांसद चयन गर्नका लागि जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि जसपाले सांसद चयन गर्न लागेको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् ।

उनको यही चैत ४ गते काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

 

प्रकाशित : 4 April, 2024

प्रतिक्रिया दिनुहोस्