वाइडबडी खरिद भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री शाहीसहित ३२ जना प्रतिवादी

सहयात्रा टिभी

काठमाडौं । चैत २२, दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार, पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ ।

अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।

शाही कर्णालीमा कांग्रेस संसदीय दलका नेता हुन् । तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि मुख्यमन्त्री समेत भएका थिए ।कंसाकार भने अहिले सार्वजनिक जिम्मेवारीमा छैनन् ।

 

 

 

प्रकाशित : 4 April, 2024

प्रतिक्रिया दिनुहोस्